एजेन्सी । लण्डन क्लब चेल्सीले च्याम्पियन्स लिगमा छनोट भएको छ ।
आईतबार प्रिमियर लिगको अन्तिम चरणको खेलमा उल्भ्समाथि दुई शुन्यको जित सहित चेल्सी शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मासन माउन्ट नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलका लागि अवसर सिर्जना गरे ।
पहिलो हाफको ईन्जुरी समयमा डिबक्स बाहिरबाट फ्रिकिकमार्फत माउन्टले चेल्सीलाई अग्रता दिलाएका थिए ।
लगत्तै अर्को मिनेटमा माउन्टले निकालेको पासमा गोलकिपरलाई बिट गर्दै ओलिभर जिराउडले लण्डन क्लबका लागि दोस्रो गोल गरेका थिए ।


पहिलो हाफमै लिएको दुई गोलको अग्रताले चेल्सीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको संकेत गरेको थियो ।
शीर्ष चारमा रहन चेल्सीलाई जितको विकल्प थिएन । पहिलो पटक चेल्सीको कमान्ड सम्हालेका प्रशिक्षक फ्रान्क लाम्पार्डले लण्डन क्लबलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका छन् ।
चेल्सी ६६ अंक सहित चौथो स्थानमा रहदै लिगको अन्त्य गर्यो । उल्भ्स अन्तिम खेलमा पराजित हुँदै सातौ स्थानमा रह्यो ।