एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रि सिजन टुर अन्तर्गतको भारत भ्रमण रद्द भएको छ ।
कोरोना भाईरसको महामारीको कारण युनाइटेडले गर्ने भनिएको भारत भ्रमण रद्द भएको हो ।
सन् २०२०/२१ को सिजन सुरु अघि युनाइटेडले भारत भ्रमण गर्ने बताईएको थियो ।
नयाँ सिजनको प्रिमियर लिग सेप्टेम्बर १२ बाट सुरु हुँदैछ ।
सिजन सुरु अघि युनाइटेडले अष्ट्रेलिया र एसियाको भ्रमण गर्ने तयारी गरेको थियो ।
म्यानचेस्टर युनाइटेड ग्रुपका म्यानेजिङ डिरेक्टर रिचार्ड आर्नोल्डले यस समरमा गर्ने भनिएको भारत भ्रमण रद्द भएको पुस्टि गरेका छन् ।
तर, युनाइटेडले भविष्यमा भारतको भ्रमण गर्ने आर्नोल्डले बताए ।
भारत युनाइटेडका सर्वाधिक धेरै समर्थक भएको राष्ट्र समेत हो ।
तर, पछिल्लो समय कोरोनाबाट सबैभन्दा प्रभावित राष्ट्र भारत देखिएको छ । भारतमा दैनिक कोरोना संक्रमित थपिरहेको छ ।
जसको कारण समेत युनाइटेडले भारत भ्रमण रद्द गरेको बताईएको छ ।