एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले सासुओलोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नापोलीलाई जित दिलाउन एल्साद हेसाज र एलनले एक एक गोल गरे ।
पहिलो हाफको आठौं मिनेटमा हेसाजले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । उनको यो पहिलो सिरी 'ए' गोल हो ।
त्यसपछि खेलको इन्जुरी समयमा एलनले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
त्यसअघि सासुओलोले तीन गोल गरेपनि त्यसलाई रेफ्रीले भीएआरको सहायताबाट मान्यता दिएन् ।
जितसँगै नापोलीले ३६ खेलमा ५९ अंक जोडेको छ । नापोली सातौं स्थानाम रहेको छ ।
सासुओलो ४८ अंकसहित आठौं स्थानमा रहेको छ ।