एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (आईतबार) राति १० खेल हुदैछ । यस सिजनको अन्तिम चरणको खेल आज राति हुन लागेको हो ।
च्याम्पियन्स लिगको दौडमा रहेका म्यान्चेष्टर युनाईटेड, लेस्टर सिटी र चेल्सीमा सबैको नजर छ ।
लेस्टरले युनाईटेड र चेल्सीले छैटौं स्थानको उल्भ्सलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछन् । तीन वटै क्लबलाई जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने अवसर छ । तर बराबरी र हारको नतिजा भोगेको खण्डमा भने अर्का खेलको नतिजामा भर पर्नुपर्नेछ ।
यस्तै, रेलिगेशनबाट बच्न संघर्षरत वाटफोर्ड, वर्नेमाउथ र एस्टनभिल्लालाई समेत अन्तिम खेलको नतिजा महत्वपूर्ण छ । एस्टन भिल्लाले वेस्ट ह्यामलाई धेरै गोल अन्तरले पराजित गरेको खण्डमा वाटफोर्ड र वर्नेमाउथ यस सिजन रेलिगेशनमा पर्नेछन् ।
तर एस्टन भिल्लाको हार र बराबरीको नतिजाले वाटफोर्ड र वर्नेमाउथको शीर्ष डिभिजनमा रहने सम्भावनाको निक्र्योल हुनेछ । वर्नेमाउथ एभर्टनको भ्रमणमा निस्कदा, वाटफार्डलाई आर्सनलले आतिथ्यता प्रदान गर्नेछ ।
अन्य खेलमा वर्नेली र ब्राईटोन, क्रिस्टल प्यालेस र टोटेनहम, म्यान्चेष्टर सिटी र नर्विच सिटी भिड्नेछन् । लिग च्याम्पियन लिभरपुल न्युक्यासलको भ्रमणमा निस्कदा, साउथह्याम्पटनले सेफिल्ड युनाईटेडलाई आतिथ्यता प्रदान गर्नेछ ।