एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार केलियन एम्बाप्पेले दायाँ खुट्टामा गम्भिर चोट बोकेका छन् ।
फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जित निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भिर चोट बोकेका हुन् ।
२१ बर्षिया एम्बाप्पलाई पहिलो हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए । घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए ।
पीएसजीले एम्बाप्पेको चोटलाई ७२ घण्टा निगरानीमा राख्ने बताएको छ ।

क्लबले बिज्ञप्ती निकाल्दै एम्बाप्पेको चोट गम्भिर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा केही घण्टा राखिने बताएको हाे ।
पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछ ।
च्याम्पियन्स लिगको सेमिफाईनलमा अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने तय छ ।
फ्रान्सेली फरवार्डले यस सिजन ३३ खेलमा २९ गोलगरेका छन् । अप्रिलपछि पीएसजीले पहिलो औपचारिक खेल खेलेको थियो । पीएसजीले उपाधि समेत उचाल्न सफल रह्यो ।