एजेन्सी। इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
जिनोआको मैदानमा इन्टरलाई जित दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे ।
पहिलो हाफको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

खेलको ८३ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को सहज जित दिलाए ।
घरेलु टोलीलाई हराएसँगै इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
जितपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ । एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो ।
इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ४ अंकले पछि रहेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ८० अंक रहेको छ ।
युभेन्ट्सलाई उपाधि जित्न अब एक जितको आवश्यकता रहेको छ ।
जिनोआ ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
सिरी 'ए' कै अर्को खेलमा पर्माले ब्रेसियालाई २-१ ले हराएको छ ।
