एजेन्सी । इंग्लिस क्लब ब्राइटनले इंग्ल्यान्डका मिडफिल्डर एडम लालना अनुबन्ध गर्ने भएको छ ।
ब्राइटनले लिभरपुलका मिडफिल्डर लालनालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्ने भएको हो ।
ब्राइटनले औपचारिक रुपमा लालना अनुबन्ध गरेको छैन । तर, ब्राइटन लालना अनुबन्ध नजिक पुगेको बीबीसीले जनाएको छ ।
३२ वर्षीय मिडफिल्डरसँग ब्राइटनले तीन वर्षको सम्झौता गर्ने समेत बीबीसीले जनाएको छ ।
लिभरपुलसँग लालनाको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । क्लबसँग उनको सम्झौता जुन ३० बाट सकिएको थियो ।
तर, कोरोनाको महामारीको कारण लिग ढिला सकिने भएपछि क्लबसँग उनले सिजनको अन्त्यसम्म बस्ने सम्झौता गरेका थिए ।
मिडफिल्डर लालना सन् २०१४ मा लिभरपुल आएका थिए । उनले क्लबका लागि १ सय ७८ खेलमा १८ गोल गरेका छन् ।
यस सिजन उनले २२ खेल खेलेका छन् ।
लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप लगायतका उपाधि जितेका छन् ।
इंग्ल्यान्डका लागि उनले ३४ खेल खेलेका छन् ।