एजेन्सी । एफसी क्रोटोन इटालियन सिरी 'ए' लिगमा बढुवा भएको छ ।
सिरी 'बी' अन्तर्गत शुक्रबार राति लिभार्नोलाई ५-१ गोल अन्तरले पराजित गर्दै क्रोटोन शीर्ष डिभिजनमा फर्किएको हो ।
लिभार्नोलाई उसैको मैदानमा पराजित गरेसँगै शीर्ष दुई पक्का गर्दै क्रोटोन शीर्ष डिभिजनमा उक्लिएको हो ।
क्रोटोन दुई सिजनपछि शीर्ष डिभिजनमा उक्लिएको हो । क्रोटोन सन् २०१७/१८ को सिजन रेलिगेसनमा परेको थियो ।
त्यसअघि क्रोटोन सन् २०१६/१७ को सिजन पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको थियो ।
यस सिजन दोस्रो स्थानमा रहेको क्रोटोनले ६५ अंक जोडेको छ ।
शीर्ष स्थानमा रहेको बेनेभेन्टो यस अघि नै बढुवा भईसकेको छ ।