काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन क्लब समाज कल्याण खेलकुद केन्द्रले कोरोना भाईरसबाट प्रभावित आफ्ना खेलाडीलाई राहत वितरण गरेको छ ।
क्लबले शनिबार एक कार्यक्रमकाबीच आफ्ना २५ खेलाडीलाई राहत वितरण गरेको हो ।
नयाँ बजारमा आयोजित कार्यक्रममा क्लबले २५ खेलाडीलाई जनही ३ हजारको दरले राहत दिएको हो ।
एन्फाबाट पाएको आर्थिक सहयोगबाट क्लबले खेलाडीलाई राहत वितरण गरेको हो । गत महिना एन्फाले क्लबलाई ७५ हजार उपलब्ध गराएको थियो ।
समाज कल्याणका अध्यक्ष पवन कार्की, कोषाध्यक्ष राकेश सापकोटा लगायतले खेलाडीलाई राहत वितरण गरेका थिए ।
कोरोनाका कारण सी डिभिजन लिग सुरु हुन सकेको छैन । तर, क्लबमा अनुबन्धित खेलाडीलाई क्लबले राहत उपलब्ध गराएको हो ।





