एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
बायर्नले सन् २०२०/२१ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
बुन्डेसलिगा च्याम्पियन बायर्नको नयाँ जर्सी एडिडास कम्पनीले निर्माण गरेको हो ।
जर्सी बजारमा बिक्रीको लागि उपलब्ध रहेको पनि बायर्नले जनाएको छ ।

बायर्नले यस सिजन बोरुसिया डर्टमण्डलाई १३ अंकले पछि पार्दै लगातार आठौं पटक उपाधि ट्रफी उचालेको थियो ।
बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।
उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो ।
बायर्नले यस सिजन २६ जित, ४ बराबरी र ४ हार व्यहोर्यो । बायर्नले विपक्षी टिमबिरुद्ध कुल १०० गोल समेत गर्यो ।
