एजेन्सी। इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछ ।
सिरी 'ए' मा शनिबार इन्टर मिलान, नापोली, पर्मा लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको तेस्रो स्थानमा रहेको इन्टरले जिनोआसँग उसैको मैदानमा खेल्नेछ ।
इन्टर जिनोआविरुद्ध सहज जित निकाल्ने योजनामा हुनेछ । इन्टर घरेलु टोलीलाई हराएर दोस्रो स्थानमा समेत उक्लन चाहन्छ।
इन्टरले ३५ खेलमा ७३ अंक जोडेको छ । जिनोआलाई हराएमा एटलान्टालाई पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लनेछ ।
घरेलु टोलि जिनोआ रेलिगेसन क्षेत्र भन्दा एक स्थान माथि रहेको छ । घरेलु मैदानमा इन्टरलाई रोक्दै जिनोआ रेलिगेसन खतरा टार्न चाहन्छ ।
नापोली घरेलु मैदानमा सासुओलोसँग खेल्नेछ । घरेलु मैदानमा सासुओलोलाई हराएर नापोली अंक तालिका सुधार गर्न चाहन्छ ।
सातौं स्थानको नापोलीको ५६ अंक रहेको छ । आठौं स्थानको सासौलोको ४८ अंक रहेको छ ।
सिरी 'ए' कै अर्को खेलमा पर्माले ब्रेसियासँग खेल्नेछ ।