काठमाडौं । बाँके जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित आफ्ना खेलाडीहरुलाई राहत वितरण गरको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्य जिल्ला बाँकेले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ४३ खेलाडीलाई राहत वितरण गरेको हो ।
जिल्लाका ४३ पुरुष र महिला खेलाडीलाई जनही १७ सय ४५ रुपैंयाँको दरले राहत दिएको संघले जनाएको छ ।
एन्फाबाट पाएको आर्थिक सहयोग संघले वितरण गरेको हो । गत महिना एन्फाले आफ्ना सदस्य संघलाई ७५ हजार उपलब्ध गराएको थियो ।
खेलाडीलाई प्रमुख अतिथि तथा माननीय ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उप-प्रमुख उमा थापा मगर लगायतले नगद हस्तान्तरण गरेका थिए ।
