एजेन्सी । लेष्टर सिटीका मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सले स्ट्राइकर जेमी भार्डी विश्वकै उत्कृष्ट स्ट्राइकरहरु मध्ये एक भएको बताएका छन् ।
प्रशिक्षक रोजर्सले आफु लेष्टर आएपछि भार्डीमा विश्वस्तरीय स्ट्राइकरको गुण देखेको र उनले त्यसलाई प्रमाणित गरिरहेको बताउँदै उनी विश्वकै उत्कृष्ट भएको दाबी गरे ।
'यस समय तपाई आफै देख्न सक्नु हुनेछ । जेमी भार्डी विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्,' रोजर्सले भने ।
३३ वर्षीय भार्डी यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले २३ गोल गरेका छन् ।
सिजनको अन्तिम खेलमा आइतबार लेष्टरले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।
युनाइटेडसँगको खेल जितेमा लेष्टरले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ ।
'जब हामी अर्को सिजन युरोपियन सिजनमा जान्छौं । जुनसुकै तहमा पनि भार्डी उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुनेछ,' रोजर्सले भने, 'मैले भने जब हामी यहाँ आउछौ। ऊ विश्व स्तरीय स्ट्राइकर हुन् र आउँदो वर्ष उनले युरोपियन स्टेजमा देखाउने छन् ।'
भार्डी यस सिजन गोल्डेन बुटको दाबेदारमा शीर्ष स्थानमा छन् । भार्डी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानका डेनी इन्ग्स भन्दा २ गोलले अघि रहेका छन् ।
भार्डीले यसै सिजन प्रिमियर लिगमा १०० गोल पुरा गरेका थिए । उनले २१० खेलमा १०३ गोल गरेका छन् ।