एजेन्सी । सिरि ए फुटबलमा एटलान्टाको उपाधि सम्भावना लगभग सकिएको छ ।
शुक्रबार राति मिलानसंग बराबरी खेल्दै अंक बाँडेपछि एटलान्टाको उपाधि सम्भावना सकिएको हो ।
मिलानको घरेलु मैदानमा एटलान्टाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको १४ औं मिनेटमा मिलानका हकन काल्होग्लुले फ्रिकिकमा घरेलु टोलीलाई अग्रता दिलाए ।
२६ औं मिनेटमा एटलान्टाले खेलमा फर्कने अवसर पायो । तर रुस्लान मालिनोवस्की पेनाल्टीमा चुके । मलानका जियानलुईगी डोनारुम्माले मालिनोवस्कीको प्रहार बचाएका थिए ।
३४ औं मिनेटमा दुवन जपताले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीसंग एटलान्टा शीर्ष स्थानको युभेन्ट्स भन्दा ५ अंकले पछि परेको छ । दोस्रो स्थानको एटलान्टाले ७५ अंक जोडेको छ । उसले दुई खेल खेल्न बाँकी छ ।
आईतबार घरेलु मैदानमा साम्पोडियालाई हराउन सकेको खण्डमा युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि जित्न सक्नेछ । मिलान ६० अंक सहित छैटौ स्थानमा यथावत छ ।