एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि उचालेको छ ।
शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।
पीएसजीको जितमा नेयमारले विजयी गोल गरे । उनले खेलको १४ औं मिनेटमा गरेको गोल पीएसजीलाई उपाधिका लागि पर्याप्त बन्यो ।

३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो ।
केलियन एम्बाप्पेमाथि गरिएको खराब ट्याकलका कारण उनलाई रातो कार्ड देखाईएको थियो । पहिलो चोटमै चोट बोकेका एम्बाप्पे आँशु झार्दै मैदान छाडेका थिए ।
एम्बाप्पेको चोटले च्याम्पियन्स लिगमा अर्को महिना क्वार्टरफाईनलको खेलमा एटलान्टासंग खेल्न लागेको पीएसजीलाई चिन्ता थपेको छ ।
८१ हजार दर्शक क्षमताको स्टेड डी फ्रान्स रंगशालामा ५ हजार दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो । तर मात्र २८ सय ५ जना दर्शक रंगशाला आएका थिए ।
जसमा अधिकांश रंगशालाको भाग खाली देखिएको थियो ।

कोरोनाले फुटबल सिजन स्थगित भएपछि चार महिनापछि पहिलो पटक औपचारिक रुपमा फ्रान्सेली फुटबल सुरु भएको हो ।
पीएसजीले गत सिजन पेनाल्टी सुटआउटमा फ्रेन्च कपको उपाधि उचालेको थियो ।
मार्च ११ मा च्याम्पियन्स लिगको दोस्रो लेगमा बोरुसिया डर्टमण्डसंग खेलेपछि पीएसजीले खेल्न पाएको थिएन ।