एजेन्सी । इटालियन क्लब एसी मिलानका मुख्य प्रशिक्षक स्टेफानो पिओलीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
इटालियन प्रशिक्षक स्टेफानोले बुधबार क्लबसँग थप दुई वर्ष क्लबमै रहने गरी नयाँ सम्झौता गरेका छन् ।
सम्झौतासँगै प्रशिक्षक स्टेफानो सन् २०२२ सम्म क्लबमा रहने छन् ।
५४ वर्षीय स्टेफानो अक्टोबरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनलाई यस सिजनको अन्त्यसम्मका लागि प्रशिक्षकको जिम्मेवारी दिईएको थियो ।
'म धेरै खुशी छु र मलाई गर्व लागेको छ । एसी मिलानले मलाई विश्वास गरेको छ,' सम्झौतापछि स्टेफानोले भने ।
इन्टर मिलान र लाजियोका पूर्व प्रशिक्षक समेत रहेका स्टेफानोको नेतृत्वमा मिलान यस सिजन लिगको पाँचौं स्थानमा रहेको छ ।
मिलानले लिगमा तीन खेल खेल्न बाँकी रहेको छ ।