मोनाकोद्वारा प्रशिक्षक बर्खास्त
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब मोनाकोले मुख्य प्रशिक्षक रोबर्ट मोरेनोलाई बर्खास्त गरेको छ ।
लिग वान क्लबले प्रशिक्षक मोरेनोलाई जिम्मेवारी दिएको ७ महिनापछि बर्खास्त गरेको हो ।
४२ वर्षीय प्रशिक्षक गत डिसेम्बरमा मोनाकोको मुख्य प्रशिक्षक चयन भएका थिए ।
मोनाकोले उनको स्थानमा निको कोभाक ल्याउने तयारी गरेको एएफपीले जनाएको छ ।
कोरोनाको महामारीको कारण लिग वान रद्द भएको थियो ।
शीर्ष स्थानमा रहेको कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन बनेको थियो ।