लेष्टरमाथि टोटेनहमको सानदार जित
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको थियो ।
टोटेनहम स्टेडियममा छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
३७ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ४० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।
जितसँगै टोटेनहम लिगको छैटौं स्थानमा उक्लिएको छ । टोटेनहमले ३७ खेलमा ५८ अंक जोडेको छ ।
लेष्टर ६२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।