मेस्सीको कीर्तिमानमा बार्सिलोनाको फराकिलो जित
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
आइतबार भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।
खेलको ४४ औं मिनेटमा स्वारेजले गोल गर्दा पहिलो हाफमा बार्सिलोना ३-० ले अघि रह्यो ।
खेलको ५८ औं मिनेटमा सेमिडोले गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को जित दिलाए ।
यससँगै मेस्सीले यस सिजन लिगमा २५ औं गोल पुरा गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
मेस्सीले ला लिगामा एकै सिजन सर्वाधिक धेरै असिस्ट गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यस सिजन २१ असिस्ट गर्दै पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । फातीको गोलका लागि मेस्सीले असिस्ट गर्दै कीर्तिमान बनाएका हुन् ।
जितसँगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य समेत गरेको छ ।
बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । बार्सिलोना च्याम्पियन रियल भन्दा ४ अंकले पछि रहेको छ । रियलले एक खेल खेल्न बाँकी रहेको छ ।
डिपोर्टिभो ३९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।