साउथह्याम्पटनको सहज जित
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा साउथह्याम्पटनले बर्नेमाउथलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बर्नेमाउथको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन डानी इन्ग्स र चे एडम्सले एक एक गोल गरे ।
खेलको ४१ औं मिनेटमा डानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमा डानीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
खेलको इन्जुरी समयमा बर्नेमाउथका सामले बराबरी फर्काए । भीएआरको सहायताबाट रेफ्रीले त्यस गोललाई अफसाइड दिएका थिए ।
त्यसको केहि मिनेटपछि एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई २-० को जित दिलाए ।
जितसँगै साउथह्याम्पटनले ४९ अंक जोडेको छ । साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ ।
बर्नेमाउथ पुछारबाट दोस्रो स्थानमा रहेको छ । बर्नेमाउथको रेलिगेसनमा पर्ने सम्भावना समेत बढेको छ ।