वाट्फोर्डद्वारा मुख्य प्रशिक्षक बर्खास्त
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक निगेल पियर्सनलाई बर्खास्त गरेको छ ।
वाट्फोर्डले आइतबार प्रशिक्षक निगेललाई बर्खास्त गरेको हो ।
यस सिजन दुई खेल बाँकी रहदा वाट्फोर्डले प्रशिक्षक बर्खास्त गरेको हो ।
यस सिजन क्लबले खराब प्रदर्शन गरेपछि प्रशिक्षक निगेल बर्खास्तमा परेका हुन् ।
उनी गत डिसेम्बरमा सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक नियुक्त भएका थिए ।
यस सिजन वाट्फोर्ड रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ ।
१७ औं स्थानको वाट्फोर्डले ३४ अंक जोडेको छ ।