क्रिकेट बल 'टमाटर' र ब्याट 'टुथपिक' !

एजेन्सी । वेष्ट इन्डिजका क्रिकेटर रहकीम कर्नवाल कति मोटा छन् ?
उनलाई क्रिकेट बल एक 'टमाटर' र ब्याट भने दाँत कोट्टाउने 'टुथपिक' जस्तो लाग्छ ।
बुझ्नुस् रहकीम कति मोटा छन् ?
रहकीम मोटो मात्र हैनन् उनी साँचिकै विशाल नै छन् । उनको शारीरिक बनावट ६ फिट ६ इन्च र १ सय ४० केजी छ जुन सामान्य हैन ।
रहकीमको शारीरिक बनावट आधुनिक अन्तर्राष्ट्रिय खेलाडी विपरित छ ।
तर, वेष्ट इन्डिजका प्रशिक्षक फिल सिमोन्सले रहकीमको शारीरिक आकारले खेलमा अवरोध नगर्ने बताउछन् ।
रहकीमले लामो समय अफ स्पिन बलिङ गर्न सक्छन् । राम्रो र आक्रामक ब्याटिङ गर्छन् । स्लिपमा उत्कृष्ट फिल्डिङ पनि गर्छन ।
रहकीमले लिवार्ड आइल्याण्डबाट क्यारिबियन घरेलु प्रतियोगितामा लगातार सफलता हात पार्दै आएका छन् ।
सन् २०१८ मा इंग्ल्यान्ड लायन्सविरुद्ध वेष्ट इण्डिज 'ए' बाट ३ खेल खेल्दै १९ विकेट हात पारेका थिए ।
सन् २०१८-१९ को घरेलु सिजनमा उनले ५४ विकेट लिएपनि गत वर्ष इंग्ल्यान्डविरुद्ध भएको तीन टेष्टमा स्थान पाउन सकेनन् ।

सिरिज वेष्ट इन्दिज्ले कब्जा जमायो । रोस्टन चेसले इंग्ल्यान्डको दोस्रो इनिङमा संयोगले ८ विकेट लिनु बाहेक अन्य खेलमा निरास रहे । तर, क्रिकेट विश्लेषकलाई थाहा थियो कि चेस भन्दा रहकीम नै उत्कृष्ट बलर थिए ।
छनोट समितिका अध्यक्ष कर्टनी ब्राउन जो वेष्ट इन्डिजका पूर्व विकेट किपर हुन् । उनले रहकीमलाई टेष्ट सिरिजमा लिन चाहेका थिएनन् किनकि उनलाई खाना र प्रशिक्षणमा विशेष सहयोग चाहिन्थ्यो ।
लगत्तै कर्टनीलाई रोजर हार्पर जो सन् १९८० दशकको उत्कृष्ट अफ स्पिनरले विस्थापित गरे । यस परिवर्तनले रहकीमलाई लाभ भयो ।
रहकीमले भारतविरुद्ध घरेलु मैदानमा टेष्ट डेब्यु गर्ने मौका पाए । यस्तै अफगानिस्तानविरुद्ध रहकीमले १० विकेट हात पार्न सफल भए ।
'रहकीम निकै शान्त स्वभावका गम्भीर खेलाडी हुन् । उनको आकार अहिलेसम्म बाधा बनेको छैन,' प्रशिक्षक सिमोन्सले भन्छन्, 'यदि तपाईले रहकीमले स्लिपमा फिल्डिङ गरेको देख्नु हुन्छ अनि उनको केही क्याच, तब तपाईलाई थाहा हुन्छ शरीरले असर गर्दैन ।'
रहकीमले दुई वर्ष देखि टिमसँग फिटनेस र खाना विशेषज्ञसँग काम गरिरहेका छन् तर खासै फरक परेको छैन ।
'उनीसँग लामो समय बलिङ गर्न सक्ने क्षमता समेत छ । जुन उनले लिवार्ड आइल्याण्डबाट र अहिले वेष्ट इन्डिजबाट प्रस्ट पारिसकेका छन् । त्यसैले उनको शरीर कुनै बाधक बनेको छैन ।' उनले थपे, 'तर रहकीमको घुँडाको समस्या थियो जुन अहिले ठिक भएको छ । अहिले उनी पूर्ण रुपमा तयार छन् ।'

रहकीम यस्ता व्यक्ति हुन् जो आफ्नो शरीरबारे खासै कुरा गर्न चाहदैन ।
'मलाई लाग्छ यो कुनै विषय हैन,' रहकीमले शारीरक बनावट बारेको प्रश्नमा भन्छन् ।
कोरोना भाईरसको कारण स्थगित अन्तर्राष्ट्रिय क्रिकेट ४ महिनापछि फर्किएको छ । बुधबारबाट इंग्ल्यान्ड र वेष्ट इन्डिजबिचको टेष्ट सुरु भएको छ ।
वेष्ट इन्डिजका फास्ट बलरविरुद्ध तयारी गर्दै गर्दा इंग्ल्यान्डका ब्याट्सम्यानले रहकीमलाई बिर्सिएका छैनन् । उनको स्पिन बलिङ घरेलु टिमलाई भारी पर्न सक्छ ।














-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)