सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद संघहरुको निर्वाचन प्रभावित

बुधबार, २४ असार २०७७हिम बिक्रम केसी
खेलकुद संघहरुको निर्वाचन प्रभावित
Loading ad...
mustang rice ad

काठमाडौं । महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण राष्ट्रिय खेलकुद संघहरुको निर्वाचन प्रभावित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएर चल्तीमा रहेका संघहरुले कोरोनाकै कारण नयाँ नेतृत्वको निर्वाचन गर्न पाएका छैनन् ।

परिषद्बाट नयाँ नेतृत्वको निर्वाचनका लागि स्वीकृती लिएका आर्चरी र मान्दोकाई कराँते संघले कोरोनाकै कारण साधारण सभा गर्न सकेका छैनन् ।

दुवै संघले राखेपबाट साधारण सभा आयोजनाका लागि अनुमती प्राप्त गरेका थिए । तर कोरोना संक्रमण डर र सरकारले लागू गरेको लकडाउनका कारण दुवै संघले निर्वाचन प्रक्रिया अघि बढाउन सकेका छैनन् ।

राखेपका अनुसार आर्चरी र मान्दोकाई कराँते सहित नेपाल सुटिङ संघ, नेपाल जुडो संघ, अखिल नेपाल टेबल टेनिस संघ र नेपाल भलिबल संघले समेत कोरोनाकै कारण नयाँ नेतृत्वको निर्वाचन गरेका छैनन् ।

राखेपले प्रक्रिया नपुगेको भन्दै कतिपय संघलाई निर्वाचनको अनुमती दिएको छैन ।

‘स्वीकृती लिएका दुई वटा संघले लकडाउनका कारण साधारण सभा रोकिएको बताएका छन् । तर नयाँ ऐन अनुसार प्रक्रिया पुरा नगरेका संघहरुलाई मान्यता दिएका छैनौ । ’ संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले खेलपाटीसंग भने ।

कोरोनाकै कहरका बीच संघीय संसदको राष्ट्रिय सभाले खेलकुद विधास ऐन २०७७ पारित गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐन असार १७ गतेबाट कार्यान्वयनमा समेत आएको छ ।

संघ संस्था समन्वय शाखा प्रमुख श्रेष्ठका अनुसार नयाँ ऐन अनुसार प्रक्रिया पुरा गरेका संघहरुले मात्र नयाँ निर्वाचनका लागि अनुमती प्राप्त गर्नेछन् ।

‘नयाँ ऐन कार्यान्वयनमा आएको छ । सोही अनुसार संघहरुले प्रक्रिया पुरा गर्न आवश्यक छ । कागजात पुरा गरेका संघहरुले मात्र नयाँ निर्वाचनको अनुमती पाउनेछन् ।’ उनले भने ।

कोरोना कहरका कारण घरेलु खेलकुदका गतिविधि ठप्प छन् । सरकारले रंगशाला सहित खेलाडी, दर्शक जमघट हुने स्थानमा लकडाउन यथावत राख्ने निर्णय गरेको छ ।

सरकारले औपचारिक रुपमा अनुमती प्रदान नगरेपनि ब्याटमिन्टनका खेलाडीले परिषद्को कभर्डहलमा सामान्य अभ्यास सुरु गरेका छन् । तर धेरै संघहरु खेलाडीको अभ्यास सत्र अघि बढाउन सरकारको निर्देशन पर्खिएर बसेका छन् ।

कोरोना कारण मैदान, कोर्टभित्रका खेलकुद गतिविधिसंगै राष्ट्रिय खेलकुद संघको निर्वाचन प्रक्रिया समेत प्रभावित बनेको हो ।

नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले लकडाउन र कोरोनाका कारण निर्वाचन प्रक्रिया अघि बढाउन नसकेको खेलपाटीलाई बताए ।

‘लकडाउनले बाहिर जान नमिल्ने अवस्था छ । परिषद्संगको सल्लाह अनुसार अघि बढ्छौ ।’ बज्राचार्यले खेलपाटीसंग भने ।

जुडो संघको चार बर्षे कार्यकाल गत माघमा सकिएको थियो । राखेपले तीन महिनाभित्र निर्वाचन गराउन संघलाई पत्राचार समेत गरेको थियो । तर कोरोनाकै कारण देखाउँदै संघले साधारण सभा आयोजना गर्न सकेको छैन ।

‘नयाँ ऐन जारी भएको छ । नयाँ व्यवस्था अनुसार निर्वाचन गर्नुपर्ने देखिएको छ । अवस्था सामान्य भएपछि संघको निर्वाचन प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश