तुलाधर र राउतलाई 'युवा तथा खेलकुद पत्रकारिता' पुरस्कार
सोमबार, २२ असार २०७७खेलपाटी संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट चार खेलकुद पत्रकार 'युवा तथा खेलकुद पत्रकारिता पुरस्कार' बाट सम्मानित भएका छन् ।
खेलकुद मन्त्रालयले सोमबार कान्तिपुर दैनिकका धुर्ब तुलाधर, अन्नपूर्ण पोस्ट दैनिकका रोशन राउत, नेपाल टेलिभिजनका प्रिया लक्ष्मी कार्की र पोखराका खेल पत्रकार केशब पाठकलाई पुरस्कृत गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले उनीहरुलाई नगद ५०\५० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदान स्वरुप उनीहरुलाई खेलकुद पत्रकार तथा सम्मानबाट सम्मानित गरिएको हो ।










%20(2)-1765947464452.png&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)



