एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा स्पष्ट दुई अंकको अग्रता लिएको छ ।
आईतबार राति भएको खेलमा रियलले स्प्यानियोललाई १–० ले हराएको हो ।
रियलको जितमा क्यासमिरोले ४५ औं मिनेटमा विजयी गोल गरे । सोही खेल रियललाई स्पष्ट दुई अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

करिम बेन्जमाको ब्याकहिल पासमा क्यासमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ब्राजिली स्टार क्यासमिरो सुरुवातमै गोलको नजिक पुगेपनि स्प्यानियोलका डिएगो लोपेजले निस्तेज पारेका थिए ।
स्प्यानियोलले गोलका थुप्रै अवसर सिर्जना गरेपनि रियल मड्रिडका गोलकिपर थिवाउट कोर्टुवा त्ससलाई असफल बनाएका थिए ।
रियलले पछिल्ला ६ खेलमा अपराजित छ । उसले ५ जित र एक बराबरीको नतिजा आत्मसाथ गरेको छ । रियल सन् २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि होडमा अगाडी देखिएको छ ।
रियलको शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडले बिहिबार बार्सिलोनाको भ्रमण निस्कदैछ ।
शीर्ष स्थानको रियलको ७१ अंक भएको छ । दोस्रो स्थानको रियलको ६९ अंक छ ।
तालिकाको पुछारमा रहेको स्प्यानियोलमाथि रेलिगेशनको खतरा थप बढेको छ ।