एजेन्सी । आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो ।
सेफिल्डको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरे ।
सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।
यस अघि म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।
