एजेन्सी । जर्मन फरवार्ड टिमो वेर्नेर आरबी लाइपजिगका सर्वकालीन सर्वाधिक गोलकर्ता चुनिएका छन् ।
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा दुई गोल गर्दै वेर्नेर सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका हुन् ।
आउग्सबर्गलाई २-१ गोल अन्तरले पराजित गर्दा वेर्नेरले दुई गोल गरेका थिए ।
यससँगै वेर्नेरले क्लबका कुल ९५ गोल गरे । र, क्लबका सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए ।
२४ वर्षे वेर्नेर सन् २०१६ मा क्लब आएका थिए । उनले क्लबका लागि १ सय ५९ खेल खेलेका थिए ।
तर, वेर्नेर अब लाइपजिगको जर्सीमा देखिने छैनन् । वेर्नेर अब चेल्सीका लागि खेल्ने छन् ।
वेर्नेरले चेल्सीसँग सम्झौता गरिसकेका छन् ।