एजेन्सी । म्यानचेस्टर सिटीले घरेलु मैदानमा प्रिमियर लिग च्याम्पियन टिम लिभरपुललाई 'गार्ड अफ अनर' दिने भएको छ ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी साता घरेलु मैदानमा लिभरपुललाई 'गार्ड अफ अनर' दिने बताएका छन् ।
लिगको दोस्रो स्थानमा रहेको सिटीले इतिहाद स्टेडियममा जुलाई ३ मा लिभरपुलसँग खेल्नेछ ।
उक्त खेलअघि सिटीले नयाँ लिग च्याम्पियनलाई 'गार्ड अफ अनर' दिने निश्चित भएको ग्वार्डिओलाले बताएका छन् ।
'हामी गार्ड अफ अनर दिने छौँ । पक्कै पनि । लिभरपुल यसका लागि हकदार छ । हामीले सधै प्राप्त गर्दै आएका छौँ । जब उनीहरु हाम्रो मैदान आउने छन् । अविश्वसनीय हुनेछ उनीहरु गुनासो गर्दैनन्,' ग्वार्डिओलाले भने ।
लिग अन्तर्गत बिहिबार राति सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले लिगको उपाधि जितेको थियो ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक लिगको जितेको हो ।
यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।