एजेन्सी । एफए कप फुटबलमा आज (आइतबार) क्वाटरफाइनलको तीन खेल हुँदैछ ।
एफए कपको क्वाटरफाइनलमा आइतबार म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलले आ-आफ्ना प्रतिद्वन्द्वीविरुद्ध खेल्नेछन् ।
सिटीले न्युकासल युनाइटेडसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
सिटी न्युकासललाई हराएर प्रतियोगिताको अन्तिम चारमा पुग्न चाहन्छ ।
यस्तै चेल्सीले लेष्टर सिटीसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ८:४५ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।
एफए कप अन्तर्गत अर्को क्वाटरफाइनलमा आर्सनलले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । दुई टोलीबीचको खेल ५:४५ बजे सुरु हुनेछ ।
यस अघि म्यानचेस्टर युनाइटेड नर्विचलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।
एफए कपको सेमिफाइनल जुलाई ११ र १२ मा हुनेछ । फाइनल खेल अगष्ट १ मा हुनेछ ।