एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति विभिन्न चार खेल हुँदैछ ।
ला लिगामा शनिबार उपाधि दाबेदार रियल मड्रिडले रेलिगेसन क्षेत्रको टिम स्पानियोलसँग खेल्दैछ ।
स्पानियोलको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
स्पानियोलको भ्रमण गर्दा रियल सहज जितको खोजीमा हुनेछ । किनकि रियल जित निकाल्दै उपाधि होड बलियो बनाउन चाहन्छ ।
यस्तै रियल घरेलु टोलीलाई हराएर लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १ अंकले पछि रहेको छ । शनिबार सेल्टा भिगोसँग बराबरीमा रोकिदा बार्सिलोनाले अग्रता फराकिलो बनाउने मौका गुमाएको थियो ।
त्यसैले स्पानियोललाई हराएमा रियल शीर्ष स्थानमा उक्लने छ ।
रियलले ३१ खेलमा ६८ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६९ अंक रहेको छ ।
२४ अंक जोडेको स्पानियोलमा पुछारमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अन्य खेलमा लेभान्टेले रियल बेटिससँग खेल्नेछ ।
त्यस्तै भिया रियलले भ्यालेन्सिया र ग्रानडाले इबरसँग खेल्नेछ ।