एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा उपाधि दाबेदार क्लब लाजियोले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लाजियोले फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाएर लाजियोले जित निकालेको हो ।
खेलको २५ औं मिनेटमा फ्रान्क रिबेरीले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६७ औं मिनेटमा सिरो इमोबाइलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई २-१ को जित दिलाए ।
यस्तै खेलको अन्तिम समयमा डुसनले रातो कार्ड पाउँदा फियोरेन्टिना १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै लाजियोले शीर्ष टोलि युभेन्ट्ससँगको अंक दुरी कम गरेको छ ।
दोस्रो स्थानको लाजियोले २८ खेलमा ६५ अंक जोडको छ । लिग लिडर युभेन्ट्सको ६९ अंक रहेको छ ।
फियोरेन्टिना ३१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।