सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘म फुटबलको मध्यमार्गी धार’

बुधबार, ०३ असार २०७७खेलपाटी संवाददाता
‘म फुटबलको मध्यमार्गी धार’

एन्फाका पूर्व केन्द्रिय सदस्य रमेश रायमाझी । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । मंगलबार रमेश रायमाझीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग कमिटिको सह–संयोजकको जिम्मेवारी प्रदान गर्यो ।

करिब दुई बर्ष एन्फा बाहिर रहेका रमेश औपचारिक रुपमा पुन एन्फा फर्किए । उनी एन्फा फर्कने निर्णयले धेरैलाई अचम्मित बनायो ।

फुटबलमा रायमाझीलाई दुई कारणले चिनिन्छन् ।

पहिलो कुरा उनी फुटबलमा खटेर काम गर्ने मानिन्छन् । दिएको जिम्मेवारी पुरा मेहनतका साथ निभाउँछन् । काममा समय दिन्छन् । फुटबलप्रति लगाब छ, मेहनत गर्छन् । उनीसंग काम गरेकोहरु यस्तै भन्छन् ।

‘उनी खट्न सक्ने मान्छे हुन् । उनी दिएको जिम्मेवारी पुरै शक्तिका लगाएर सक्न कोशिश गर्छन् । एन्फालाई यस्तै मान्छे चाहिएको छ ।’ रायमाझीको एन्फा प्रवेशसंगै फुटबलका एक पदाधिकारीले खेलपाटीसंग भने ।

हौसियर खट्ने स्वभावका रायमाझीले करिब दुई बर्ष राष्ट्रिय फुटबल टिमको ब्यवस्थापक भएर काम गरे ।

उनी आफैपनि एन्फा प्रवेशले दंग छन् ।

‘घर फर्किए जस्तो भएको छ ।’ एन्फा प्रवेशबारे खेलपाटीको प्रश्नमा रायमाझीले भने ।

‘लिग कमिटिको सह–संयोजकको जिम्मेवारी पाएको छु । लिगको स्तर घटेको देखिन्छ । त्यसलाई बलियो बनाउन सकिन्छ भनेर जिम्मेवारी मागेरै कमिटिमा गएको हुँ ।’ उनले प्रष्टसंग भने ।

उनले एन्फा प्रवेश गर्दा आफुलाई गर्वको महशुश भएको बताए ।

Image may contain: 12 people, including Bachhu Khadka, Karma Tsering Sherpa, Sanjib Mishra, Arun Man Joshi and Vijay Ghale, people standing, people sitting and indoor

दोस्रो चर्चाकाे बिषय उनी एन्फाका पूर्व अध्यक्ष गणेश थापाका नजिकका पात्र हुन् (थिए) । एन्फासंग पूर्व अध्यक्ष थापाको दुरी बढिरहेको समय रायमाझी जिम्मेवारी सहित एन्फा छिरेका हुन् । सोही कारण उनको एन्फा प्रवेशको निर्णयले धेरैलाई अचम्मित बनायो ।

‘कसैको पक्ष लागेर गएको हैन । संस्थालाई जोगाउनुपर्छ भनेर गएको हो ।’ उनले भने, ‘संस्थालाई बलियो बनाउनुपछ भन्ने लाग्छ ।’

चुनावको समय कुनै एक पक्षमा लागेको हुन सक्ने बताउँदै उनले फुटबल विकासका लागि सबै एक ठाउँमा हुन आवश्यक रहेको बताए ।

‘चुनावमा कसैको पक्ष लागेको हुला, भोलि फेरी त्यो दिन आउँला । तर अहिले चुनावी माहोल छैन । फुटबल विकास गर्न एक ठाउँ हुने हो ।’ उनी भन्छन् ।

फुटबलमा प्रष्ट दुई धार छ । एक धार गणेश थापाको समर्थन गर्छ, अर्को धारले एन्फा चलाईरहेको छ । पछिल्लो समय दुवै पक्ष एक अर्कालाई प्रहार गर्न सक्दो कोशिश गरिरहेका छन् । सबैले रायमाझीलाई थापा पक्षिय रुपमा चिन्छन् । उनी कसरी एन्फा छिरे त ?

रायमाझी भने अहिले आफु दुवै धारमा नरहेको बताउँछन् ।

‘दुई धार होला । तर म मध्यमार्गी धार हो । दुवैलाई मिलाएर फुटबल विकास गर्न पर्छ भन्ने मान्यता बोक्छु ।’ रायमाझी भन्छन्, ‘करिब १२ बर्ष पूर्व अध्यक्ष थापासंग एन्फामा काम गरियो । स्कुलिङ उहाँकै हो । मिलेरै जानपर्छ भनेर एन्फा प्रवेश गरेको हुँ । फुटबललाई एकताबद्ध गर्न मेरो भुमिका रहन्छ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’