एजेन्सी । लियोनल मेस्सी र अंशु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो ।
जितसंगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग ५ अंकको अग्रता लिन सफल भएको छ ।
खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
फातीले यस सिजन बार्सिलोनाका लागि ५ गोल गरिसकेका छन् । फाती बार्सिलोनाको फुटबल ईतिहासमा सबैभन्दा कम उमेरमा डेब्यु खेलमा गोल गर्ने खेलाडी हुन् ।
उनले १६ बर्ष २ सय ९८ दिनमा रियल बेटिसलाई ५–२ ले हराउने क्रममा बार्सिलोनाबाट गोल गरेका थिए ।
उनी ६ बर्षको उमेरमा परिवार सहित स्पेन गएका थिए । उनी सन् २०१२ देखि बार्सिलोनाको युवा एकेडेमीमा रहदै आएका छन् ।
लियोनल मेस्सीले ६९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
उनले बार्सिलोनाका लागि २१ औं लिग गोल पुरा गरे । अर्को हप्ता ३३ औं जन्म दिन मनाउने क्रममा रहेका उनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

फाती लगत्तै बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यानले समेत गोल गरेका थिए । तर भारका कारण रेफ्रीले गोललाई मान्यता दिएनन् ।
रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि लेगानेसका प्रशिक्षक जाभियर एगुईरेले रातो कार्ड पाएका थिए ।
शीर्ष स्थानको बार्सिलोनाको ६४ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक छ । तालिकाको पुछारमा रहेको लेगानेसको २३ अंक रहेको छ ।