सुजनले भगवतीबाट खेल्ने
शुक्रबार, ११ पौष २०८२खेलपाटी संवाददाता
_1727591754-1766731628489.jpg&w=3840&q=75)
काठमाडौं। नेपाली युवा टोलीका स्ट्राइकर सुजन डंगोलले श्री भगवतीबाट राष्ट्रिय फुटबल लिग खेल्ने भएका छन्।
उनलाई क्लबले अनुबन्ध गरेको हो। उनले नेपालको यु–१७ र यु–१९ टोलीबाट खेलिसकेका छन्।
राष्ट्रिय लिग पुस २५ बाट सुरु हुँदैछ। प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ।














