आर्मीको सोझो सेटमा जित
शुक्रबार, ११ पौष २०८२खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’को आफ्नो पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो।









_1727591754-1766731628489.jpg&w=3840&q=75)


