• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुदमा बागमती प्रदेश सरकारकाे धेरै बजेट
खेलपाटी संवाददाता
मंगलबार, असार २, २०७७ खेलपाटी संवाददाता
खेलकुदमा बागमती प्रदेश सरकारकाे धेरै बजेट

काठमाडौं । खेलकुद क्षेत्रमा बागमती प्रदेश सरकारले सबै भन्दा धेरै रकम बजेट बिनियोजन गरेको छ ।

सोमबार सातै प्रदेश सरकारले नयाँ आर्थिक वर्षको आय र ब्ययको विवरण (बजेट) प्रस्तुत गरेका थिए ।

कोरोना महामारीका कारण संघीय सरकारसंगै अधिकांश प्रदेश सरकारको बजेटको आकार घटेको छ । कोरोनाकै प्रभावका कारण संघीय सरकारले समेत करिब ४० प्रतिशत बजेट कटौती गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ रकम बिनियोजन गरेको थियो ।

प्रदेश सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेट अनुसार बागमती प्रदेशले खेलकुद क्षेत्रमा धेरै रकम बिनियोजन गरेको हो ।

बागमतीले आफ्नो प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि ७९ करोड १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । खेलकुद क्षेत्रकाे बजेटमा बागमती प्रदेश सरकार उदार देखिएकाे हाे । 

प्रदेश सरकारले खेलकुद पूर्वाधारका बहुबर्षीय तथा क्रमागत आयोजनालाई निरन्तरता दिदै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

यस्तै, खेलाडीकोे क्षमता विकास, स्थानीय खेल प्रवद्र्धन, प्रदेश स्तारीय खेलकुद प्रतियोगिता एवम् राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको बजेटको आकार समेत ठुलो छ । सोही अनुसार खेलकुदमा समेत ठुलो रकम प्रदेश सरकारले बिनियोजन गरेको देखिन्छ ।

उता, प्रदेश नम्बर दुईले बजेटमा खेलकुदतर्फ कुनै कार्यक्रम तथा योजना समावेश गरेको छैन । दुई नम्बर प्रदेश सरकारले खेलकुदमैत्री पूर्वाधारको विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिने बिषय बजेटमा उल्लेख गरेको छ । अन्य प्रदेशको तुलनामा दुई नम्बरले खेलकुदतर्फ कुनै ठोस योजना र कार्यक्रम बजेटमा उल्लेख गरेको छैन ।

यता, प्रदेश नम्बर १ सरकारले भने खेलकुदका पूर्वाधार निर्माण र स्तरोन्नतीमा जोड दिएको छ । उसले धरानमा खेलकुद ग्राम निर्माण गर्ने सहितको प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नती गर्ने कार्यलाई जोड दिएको छ ।

यस्तै, खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा दिदै प्रदेश सरकारले खेलकुदका निर्माणाधीन पूर्वाधारको विकास र विस्तारको लागि ३० करोड बजेट छुट्टाएको छ । सरकारले प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गर्दै प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बजेटमा उल्लेख गरेको छ । प्रदेश सरकारले नयाँ आर्थिक बर्षमा विराटनगरको शहिद मैदानमा फ्रड लाईट निर्माणको काम सक्ने जनाएको छ ।

यता, प्रदेश नम्बर ५ सरकारले दुई रंगशालाको स्तरोउन्नीलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले खेलकुद क्षेत्रतर्फ निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफ स्तरको बनाईने बताएको छ । दुवै रंगशालाको स्तरोन्नती गर्ने बिषय बजेटमा उल्लेख गर्दै सरकारले रकम समेत छुट्याएको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री रनिङशिल्ड लगायतका खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधीन रंगशालालाई साफ स्तरको बनाउन १२ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, रुकुम पूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरि पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गर्न समेत प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिएको छ ।

उता, गण्डकी प्रदेशले खेलकुद पुर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले खेलकुद पुर्वाधार निर्माणका लागि ८ करोड ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र, गल्फ कोर्स, स्कि जिल्ला स्तरीय रंगशाला तथा एक स्थानीय तह-एक खेल मैदान निर्माणका लागि प्रदेश सरकारले बजेटमा ब्यवस्था गरेको छ ।

यस्तै, प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीको प्रशिक्षण तथा व्यवस्थापनका लागि १ करोड ५० लाख छुट्याएको छ ।

प्रतियोगितामा विजयी हुने खेलाडीलाई सम्मानको पनि व्यवस्था मिलाउने प्रदेश सरकारको घोषणा छ । यस्तै, प्रदेशले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि बजेट प्रदान गर्ने भन्दै प्रदेश सकारले मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिदै प्रदेशमा खेलकुद गतिविधि व्यवस्थित गराउन नीति तर्जुमा गर्ने बजेटमा उल्लेख गरेको छ ।

उता, कर्णाली प्रदेशले खेलकुदमा १५ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गर्यो । खेलकुद पुर्वाधारमा जोड दिएको प्रदेश सरकारले सुर्खेत वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने बताएको छ । यस्तै, सबै जिल्लाका रंगशाला, कभर्डहल र खेल मैदानका आयोजनालाई अघि बढाउने तथा भौतिक पूर्वाधारको स्तरोन्नती र खेलाडीको वृद्धि विकासका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरेको छ ।

यता, सुदुरपश्चिम प्रदेश सरकारले समेत खेलकुद पूर्वाधार र स्तरोन्नतीलाई जोड दिएको छ । सुदुर प्रदेश सरकारले हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण र स्तरोन्नतीका लागि ६ करोड ४० लाख बजेट छुट्याएको छ । यस्तै, अन्तराष्ट्रिय खेलकुद आयोजना गर्न सक्ने गरि महेन्द्रनगर र धनगढी रंगशालाको स्तरोन्नती र संरचना सुधारका लागि १ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

सरकारले मुख्यमन्त्री खेलकुद र अन्य खेलकुदका लागि १ करोड २५ लाख रुपैयाँ बजेटमा ब्यवस्था गरेको छ । यस्तै, बजेटमा प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति सञ्चालन र फाप्ला क्रिकेट मैदानको डीपीआर निर्माणको प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख रुपैयाँ बजेटको ब्यवस्था गरेको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP