बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा आपतकालिन बैठक भोलि, ४ एजेण्डा तय

आइतबार, ३२ जेठ २०७७खेलपाटी संवाददाता
एन्फा आपतकालिन बैठक भोलि, ४ एजेण्डा तय
Classic Tech Internet Ad

एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आपतकालिन बैठक भोलि (सोमबार)लाई बोलाएको छ ।

कार्यसमिति बैठक सम्पन्न भएको दुई साता पनि नबित्दै एन्फाले आपतकालिन बैठक आह्वान गरेको हो ।

बैठक ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे बस्नेछ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठकका लागि ४ एजेण्डा तय गरिएकाे छ ।

पहिलो एजेण्डा एन्फाको मानार्थ अध्यक्षको बिषयमा रहेको छ । यस्तै, दोस्रो कोरोना राहतको बिषय, तेस्रो भक्तपुर जिल्ला फुटबल संघको बिषय र चौथो एजेण्डा विविध अन्तर्गत रहेकाे महासचिव तुलाधरले खेलपाटीलाई जानकारी दिए ।

एन्फाले मानार्थ अध्यक्षमा टासी घलेलाई पुन नियुक्त गर्ने तयारी गरेको छ । आन्तरिक विवाद बढ्दै गएपछि वर्तमान कार्यसमितिले घलेको मानार्थ पद खारेज गरिदिएको थियो ।

यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको बिषयमा समेत आवश्यक निर्णय गर्ने तयारी गरेको छ । वर्तमान नेतृत्वबिरुद्धका कृयाकलापमा संलग्न भएको आरोपमा एन्फाले भक्तपुर जिल्ला फुटबल संघलाई स्पष्टिकरण समेत सोधेको थियो । त्यही आधारमा बैठकले भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाही गर्ने सम्बन्धमा औपचारिक निर्णय सम्भावना रहेको छ ।

एन्फाको सचिवालय बैठकले यसअघि ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो । दुई हप्ता अघि बसेको एन्फा कार्यसमिति बैठकले थापामाथि गरिएको कारबाहीको निर्णयलाई औपचारिक अनुमोदन गरेको थियो ।

यस्तै, एन्फाले कोरोनाबाट प्रभावित बनेका आफुसंग आबद्ध सबै जिल्ला फुटबल संघ, क्लब र संघलाई समान ७५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने तयारी गरेको छ । सोमबारको बैठकले सो सम्बन्धमा औपचारिक निर्णय गर्ने बताईएको छ ।

एन्फा विधानले तत्काल सुल्झाउनुपर्ने विवादहरुको निरुपणका लागि ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ ।

एन्फाले गठन गरेको आपतकालिन समितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, उपाध्यक्षत्रय कृण्ण थापा, विरबहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन् ।

बैठकले गरेका निर्णय तत्काल कार्यसमिति सदस्यलाई जानकारी गराउनुपर्ने र निर्णय कार्यसमिति बैठकबाट पास गराउनुपर्ने प्रावधान रहेको छ ।

कार्यसमिति बैठकबाट निर्णय पास नभएको अवस्थामा आपतकालिन बैठकका निर्णय निष्प्रभावी बन्नेछन् ।

बैठकका लागि चार जना सदस्यको अनिवार्य उपस्थिती हुनुपर्नेछ । र मत विभाजनमा बराबरीको अवस्था आएमा अध्यक्षले अन्तिममा मताधिकारको प्रयोग गर्न सक्नेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय