बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फामा टासी घलेको ‘रि–इन्ट्री’

शुक्रबार, ३० जेठ २०७७खेलपाटी संवाददाता
एन्फामा टासी घलेको ‘रि–इन्ट्री’
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल संघको मानार्थ अध्यक्षमा टासी घलेलाई फर्काउने तयारी गरेको छ । वर्तमान एन्फा नेतृत्वबिरुद्ध गतिविधि गरेको आरोपमा मनार्थ अध्यक्ष पदबाट हटाईएका घलेलाई एन्फाले पुन सोही पदमा नियुक्त गर्ने तयारी गरेको हो ।

टासीलाई मानार्थ अध्यक्षमा फिर्ता गराउने योजना अनुसार एन्फाले सोमबार आकस्मिक बैठक बोलाएको छ । सोही बैठकले टासीलाई मानार्थ पदमा पुन नियुक्त गर्ने तयारी गरेको एन्फा स्रोतले खेलपाटीलाई बताएको छ ।

२०७५ साल माघ ३ गते बसेको एन्फा कार्यसमिति बैठकले संघको मानार्थ अध्यक्ष पद खारेज गरेको छ । घलेलाई लक्षित गर्दै एन्फा कार्यसमिति बैठकले मानार्थ पदक खारेज गर्ने निर्णय गरेको थियो ।

कर्माछिरिङ शेर्पालाई अध्यक्षमा जिताउन नेतृत्व गरेका टासी र एन्फा नेतृत्वबीच पहिलो कार्यसमिति बैठकबाटै कित्ताकाट सुरु भएको थियो ।
एन्फाको अन्तराष्ट्रिय विभाग प्रमुखमा टासीको दाबी थियो । तर एन्फा अध्यक्ष शेर्पाले नविन पाण्डेलाई सो पदमा नियुक्त गरेपछि टासी एन्फा अध्यक्ष शेर्पासंग टाढिएका थिए ।

लगत्तै एन्फा निर्वाचनमा ब्यापक आर्थिक अनियमितता भएको अडियो टेप चार जिल्ला फुटबल संघले सार्वजनीक गरेका थिए । सो अडियो टेप टासीको संलग्नतामा सार्वजनीक भएको एन्फाकाे ठहर थियाे । आफुबिरुद्ध गतिविधिमा सक्रिय रहेको देखिएपछि शेर्पाले कार्यसमिति बैठकमार्फत टासीको मानार्थ पदक खारेज गरिदिएका थिए ।

एन्फाको निर्णयबिरुद्ध टासीले अदालतमा मानार्थ पद खारेज गर्न नमिल्ने दलील सहित अन्तरिम आदेश माग गरेका थिए । तर अदालतले टासीको पक्षमा फैसला नगरेपछि उनले विभिन्न सुत्रमार्फत एन्फा फर्कने वातावरण मिलाईरहेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल आएपछि टासीले पुन एन्फा छिर्ने प्रयास सुरु गरेका थिए । आफुलाई एन्फामा पुर्नस्थापना गर्न माग गर्दै राजनीतिक लबिङ तिव्र बनाएका टासीले सदस्य सचिवलाई समेत पहल गरिदिन आग्रह गरेका थिए ।

सदस्य सचिव सिलवालकै अग्रसरतामा टासी पुन एन्फा फर्कन लागेका हुन् । सिलवालकै जोडमा एन्फाले आकस्मिक बैठक बोलाएर टासीलाई मानार्थ अध्यक्षमा पुन नियुक्त गर्न लागेको हो ।

एन्फा अध्यक्ष शेर्पाले गल्ती स्विकार गर्दै टासीले आगामी दिनमा समेत समस्या नपार्ने शर्तमा मात्र फुटबल संघमा फर्काउन सकिने बताउदै आएका थिए ।

टासीको जिम्मेवारी आफुले लिने शर्तमा सदस्य सचिव सिलवाले पुन मानार्थ पदमा उनलाई एन्फा फर्काउन शेर्पालाई राजी बनाएका हुन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय