जापानिज ग्राण्ड प्रिक्स रद्द
शुक्रबार, जेठ ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण फर्मुला वानको प्रतियोगिता जापानिज ग्राण्ड प्रिक्स रद्द भएको छ ।
फर्मुला वानले एक विज्ञप्ति निकाल्दै अक्टोबरमा हुने जापानिज ग्राण्ड प्रिक्स रद्द भएको जनाएको छ ।
यस्तै फर्मुला वानले सिंगापुर र अजरबैजानमा हुने प्रतियोगिता समेत रद्द भएको जनाएको छ ।
सिंगापुर ग्राण्ड प्रिक्स सेप्टेम्बरमा आयोजना हुने तालिका रहेको थियो ।
अजरबैजान ग्राण्ड प्रिक्स जुन ७ मा तय हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
यस वर्ष फर्मुला वानको आठ प्रतियोगिता मात्र हुनेछ ।
यस वर्षको पहिलो प्रतियोगिता जुलाईमा अष्ट्रियामा हुनेछ । वर्षको पहिलो प्रतियोगिता अष्ट्रियन ग्राण्ड प्रिक्स जुलाई ३ देखि ५ सम्म हुनेछ ।








-1762154705887.png&w=3840&q=75)





