मोटो जीपीको सिजन जुलाईमा सुरु हुने
बिहिबार, २९ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । मोटरसाइकलको रेसिङ प्रतियोगिता मोटो जीपीको सिजन जुलाईबाट सुरु हुने भएको छ ।
कोरोना भाईरसको कारण यस वर्षको सिजन जुलाईमा सुरु हुने भएको हो ।
मोटो जीपीले बिहिबार सार्वजनिक गरेको तालिका अनुसार सिजनको पहिलो प्रतियोगिता जुलाई १९ मा हुनेछ ।
स्पेनमा जुलाई १९ मा हुने स्पेनिस ग्राण्ड प्रिक्सबाट सिजनको सुरुवात हुनेछ ।
यस्तै यस वर्ष स्पेनमा मात्रै ७ मोटो जीपी प्रतियोगिता हुनेछ ।
त्यस्तै अस्ट्रिया र इटालीमा २/२ प्रतियोगिता हुँदा चेक रिपब्लिक र फ्रान्समा १/१ प्रतियोगिता हुनेछ ।
यस वर्ष १३ देखि १७ प्रतियोगिता मात्र हुनेछ ।
कोरोनाले स्थगित नभएको भए सिजनको पहिलो प्रतियोगिता मार्च ८ मा कतारमा हुने तय थियो ।







%20(2)-1765947464452.png&w=3840&q=75)





-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
