एजेन्सी । कोरोना भाईरसको कारण स्थगित यूईएफए च्याम्पियन्स लिग र युरोपा लिग फुटबलबारे अर्को साता निर्णय हुने भएको छ ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग र युरोपा लिगबारे अर्को साताको बैठकले ठोस निर्णय गर्ने जनाएको छ ।
यूईएफएले च्याम्पियन्स लिगसहित अन्य लिगबारे निर्णय गर्न जुन १७ मा बैठक बस्ने जनाएको छ ।
त्यस बैठकले च्याम्पियन्स लिग, युरोपा लिगसहित वुमन्स च्याम्पियन्स लिग, यूईएफए युथ लिग लगायतका प्रतियोगिताबारे निर्णय गरिने बताईएको छ ।
कोरोनाको कारण गत मार्चबाट च्याम्पियन्स र युरोपा लिग स्थगित गरिएको छ ।
दुवै लिगका अन्तिम १६ का खेलहरु बाँकी रहेको छ ।