मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ
मंगलबार, ०८ पौष २०८२खेलपाटी संवाददाता
-1766479491057.jpeg&w=3840&q=75)
काठमाडौं। नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आइसीसी महिला टी–२० विश्वकपमा छनोट हुने सम्भावना रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। ‘टोलीमा राम्रो गर्न सक्ने क्षमता छ। विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको छु,’ उनले भने।
घरेलु टोली नेपालले आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ। नेपाल र थाइल्यान्ड समूह ‘बी’ मा छन्। यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड पनि छन्।
यही प्रतियोगिताका लागि भन्दै क्यानले पहिलोपल्ट महिला टोलीका लागि विदेशी प्रशिक्षक नियुक्त गरेको हो।











-1766460697450.webp&w=3840&q=75)

