सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

पथरी। पथरी–११ फुटबल क्लबले दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
मंगलबार सम्पन्न फाइनल खेलमा पथरी–११ ले बेतना फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा बेतनाका रुद्र कार्की र विवेक पौडेलले गोल गर्न सफल भए। आशिष लावती र निमा तामाङको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो।
पथरी–११ का लागि मञ्जिल खड्का, सन्जय लिम्बू, निरज परियार र सौर्य राउतले सफल प्रहार गरे। उपाधिसँगै पथरी–११ ले २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको बेतनाले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गरेको छ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर बेतनाका मुस्कान लिम्बू घोषित भए। उत्कृष्ट डिफेन्स पथरी–११ का धिरेन विष्ट, उत्कृष्ट मिडफिल्डर बेतनाका मौसम सुब्बा र उत्कृष्ट फरवार्ड बेतनाकै निमा तामाङ घोषित भए।
यसैगरी, सर्वाधिक गोलकर्ता पथरी–११ का मिक्सेन दास र सन्जय लिम्बू घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पथरी–११ कै समीर क्षेत्री घोषित भए।







-1766493993239.jpg&w=3840&q=75)
-1766460697450.webp&w=3840&q=75)


-1766479491057.jpeg&w=3840&q=75)

