एजेन्सी । कोरोना भाईरसको कारण स्थगित स्पेनिस ला लिगा फुटबल आज (बिहिबार) बाट सुचारु हुँदैछ ।
कोरोनाको कारण गत मार्चबाट स्थगित लिग तीन महिनापछि सुचारु हुन लागेको हो ।
लिग अन्तर्गत बिहिबार राति एक खेल हुँदैछ । जसमा सेभिया र रियल बेटिसबीच प्रतिस्पर्धा हुनेछ ।
सेभियाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सेभिया जित निकाल्दै शीर्ष दुई टोलीसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।
लिगको तेस्रो स्थानमा रहेको सेभिया ४७ अंक रहेको छ । ३३ अंक जोडेको बेटिस १२ औं स्थानमा रहेको छ ।
यस सिजन ला लिगामा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले ५८ अंक जोडेको छ ।
लिगमा बार्सिलोना भन्दा २ अंकले पछि रहदै ५६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा रहेको छ ।