एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका ६ जनाका कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इंग्लिस फुटबल लिगले पछिल्लो पटक खेलाडी र स्टाफमा गरिएको परिक्षणमा ६ जनामा कोरोना देखिएको जनाएको छ ।
च्याम्पियनसिपका ११ सय ९२ जनामा परिक्षण गर्दा ६ जनालाई पोजेटिभ देखिएको लिगले जनाएको छ ।
कोरोना देखिने खेलाडी र स्टाफको नाम गोप्य राखिएको छ । तर, स्टोक सिटीका प्रशिक्षक माईकल ओनिललाई पोजेटिभ देखिएको पुष्टी भईसकेको छ ।
यस्तै लिग वान क्लबका २ जनामा कोरोना देखिएको छ ।
पछिल्लो पटक गरिएको १३७ जनामा परिक्षण गर्दा पोर्ट्समाउथका खेलाडीमा कोरोना देखिएको बताईएको छ ।