एजेन्सी । खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध बारेको सुनुवाई जुलाईमा गर्ने भएको छ ।
कासले बुधबार सिटीमाथि युरोपियन फुटबलमा लागेको दुई वर्षे प्रतिबन्धको सुनुवाई जुलाई गर्ने जनाएको छ ।
भिडियो कन्फरेन्सको माध्यमबाट युरोपियन फुटबल महासंघ र सिटीको प्रतिक्रिया लिएपछि कासले सुनुवाई जुलाईमा गर्ने निर्णय गरेको हो ।
युरोपियन फुटबल महासंघले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो ।
प्रतिबन्ध लागेपछि सिटीले कासमा अपील गरेको थियो ।