एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका थप एक जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।
पछिल्लो पटक १२ सय १३ खेलाडी र स्टाफमा परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ हुनेको नाम गोप्य राखिएको छ ।
यससँगै प्रिमियर लिगका ७ हजार ४८७ जनामाकोरोना परिक्षण गराउदा १४ जनामा पोजेटिभ देखिएको छ ।
कोरोनाको कारण गत मार्चबाट स्थगित लिग सुचारुको मिति तय भएसँगै खेलाडी र स्टाफको परिक्षण गरिएको हो ।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ ।