उपाधि जित्दाको रकम चेल्सीले दान गर्ने
एजेन्सी । चेल्सीको महिला टिमले वुमन्स सुपर लिगको उपाधि जित्दा प्राप्त रकम दान गर्ने भएका छन् ।
चेल्सीले घरेलु हिंसामा परेका महिला र बालबालिकाका लागि काम गरिरहेको संस्थालाई सहयोग दिने भएको हो ।
चेल्सीले उपाधि वापत १ लाख पाउण्ड पाउने छन् । र, उक्त रकम एक च्यारिटी मार्फत दान गरिने बताईएको छ ।
चेल्सी गत शुक्रबार च्याम्पियन बनेको थियो ।
कोरोना भाईरसको कारण स्थगित लिगको सिजन समाप्त गरिएसँगै चेल्सीले उपाधि जितेको हो ।
गत मार्चबाट स्थगित लिग समाप्त गर्न क्लबहरु राजी भएका थिए ।
लिग समाप्त भएसँगै म्यानचेस्टर सिटीलाई प्रति खेल अंकको आधारमा पछि बनाएर चेल्सी च्याम्पियन बनेको हो ।
कोरोनाले लिग स्थगित हुँदा सिटी १६ खेलमा ४० अंकसहित शीर्ष स्थानमा रहेको थियो । चेल्सी १५ खेलमा ३९ अंकसहित दोस्रो स्थानमा रहेको थियो । आर्सनल ३६ अंकसहित तेस्रो स्थानमा रहेको थियो ।
यस सिजन १४ खेलमा ६ अंक सहित पुछारमा रहेको लिभरपुल च्याम्पियनसिपमा झरेको छ ।












