कोरोना प्रभावितलाई लैनचौर डोजाङको सहयोग
आइतबार, १८ जेठ २०७७खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । लैनचौर नारायण मन्दिर व्यवस्थापन समाज र लैनचौर तेक्वान्दो डोजाङको संयोजनमा कोरोना भाइरसका कारण समस्यामा परेका काठमाडौं महानगरपालिका वडा २६, लैनचौरका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।
डोजाङका प्रमुख गौरव रजकले जनाए अनुसार ७० परिवारलाई १ हजार ५ सयका दरले नगद प्रदान गरियो ।
लैनचौरमै रहेको बहिरा संघलाई पनि सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको रजकले जानकारी दिए ।
सहयोगका लागि अमेरिकामा रहेका रजकका आफन्तले आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ ।







%20(2)-1765947464452.png&w=3840&q=75)







-1766593825391.webp&w=3840&q=75)
