ब्रिटिस मोटोजिपी रद्द
शुक्रबार, १६ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । मोटर बाइकको रेसिङ प्रतियोगिता ब्रिटिस मोटोजिपी रद्द भएको छ ।
कोरोना भाईरसको महामारीको कारण अगष्टमा तय प्रतियोगिता रद्द भएको हो ।
प्रतियोगिता अगष्ट २७ देखि ३० सम्म हुने तालिका रहेको थियो ।
तर, कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै यस वर्ष प्रतियोगिता नगर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।
यस्तै अष्ट्रेलियन मोटोजिपी रेस समेत रद्द गरिएको छ ।
अष्ट्रेलियन मोटोजिपी अक्टोबर २३ देखि २५ सम्म हुने तालिका रहेको थियो ।
'हामी यी प्रतिष्ठित प्रतियोगिता रद्द भएको घोषणा गर्दा दुखी छौँ,' मोटोजीपी प्रमोटर डोर्ना स्पोर्ट्सका सीईओ कार्मेलो इजपेलेटाले भनेका छन् ।







%20(2)-1765947464452.png&w=3840&q=75)







-1766593825391.webp&w=3840&q=75)
